विश्वकप इतिहासमा नयाँ कीर्तिमान: पराजित खेलमा पनि एमबाप्पेले रचे २२ गोलको ऐतिहासिक कीर्तिमान

विश्वकप इतिहासमा नयाँ कीर्तिमान: पराजित खेलमा पनि एमबाप्पेले रचे २२ गोलको ऐतिहासिक कीर्तिमान
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार ०८:२३
विश्वकप इतिहासमा नयाँ कीर्तिमान: पराजित खेलमा पनि एमबाप्पेले रचे २२ गोलको ऐतिहासिक कीर्तिमान

काठमाडौं: फ्रान्सेली टोलीका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकपको इतिहासमा सर्वाधिक २२ गोल गर्ने दुर्लभ र ऐतिहासिक विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

मियामीमा शनिबार राति भएको विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भएको रोमाञ्चक तथा गोलको वर्षा भएको भिडन्तमा इंल्यान्डसँग फ्रान्स ६-४ ले पराजित भए पनि २७ वर्षीय स्टार स्ट्राइकर एमबाप्पेले फुटबल इतिहासकै यो ठूलो कीर्तिमान बनाएका हुन्।

ADVERTISEMENT

यस खेलमा ब्यहोरेको हारसँगै फ्रान्सले चौथो स्थानमा चित्त बुझाउनुपरेको छ भने इंल्यान्डले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक पक्का गरेको छ। खेलको पहिलो हाफमा इंल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै ४-० को बलियो अग्रता लिएको थियो।

तर दोस्रो हाफमा फ्रान्सले सानदार पुनरागमनको प्रयास गर्‍यो, जसको नेतृत्व स्वयं कप्तान एमबाप्पेले गरेका थिए। खेलको ४८औं मिनेटमा फ्रान्सका लागि पहिलो गोल गर्दै उनले टोलीलाई राहत दिलाए र त्यसको ६ मिनेटपछि ब्राड्ली बार्कोलाले दोस्रो गोल थपेपछि खेल ४-२ को स्थितिमा पुग्यो।

खेलको ६६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेसँगै विश्वकपको इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्‍याउँदै अर्जेन्टिनी स्टार लियोनेल मेसीको २१ गोलको कीर्तिमानलाई पछि पारे र इतिहासकै सर्वाधिक गोलकर्ता बने। जारी विश्वकप २०२६ मा मात्रै एमबाप्पेको यो १०औं गोल हो।

यो सानदार प्रदर्शनसँगै एमबाप्पे जारी विश्वकपको गोल्डेन बुटको दौडमा सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा अगाडि आएका छन्। यो प्रतिष्ठित पुरस्कारका लागि एमबाप्पे र ३९ वर्षीय अर्जेन्टिनी स्टार लियोनेल मेसीबीच प्रतियोगिताभरि नै तीव्र प्रतिस्पर्धा देखिएको छ।

जारी विश्वकपमा मेसीले ८ गोल गरेका छन् भने सोमबार बिहान न्युजर्सीमा स्पेनविरुद्ध हुने फाइनल खेल मेसीका लागि एमबाप्पेलाई पछि पार्ने वा बराबरी गर्ने अन्तिम अवसर हुनेछ। यस ऐतिहासिक खेलमा फ्रान्सका तर्फबाट ओसमाने डेम्बेले(छैटौँ विश्वकप गोल)ले चौथो गोल थपेका थिए।

यता इंल्यान्डको ऐतिहासिक जितमा भने बुकायो साकाले सानदार ह्याट्रिक गर्दै मुख्य भूमिका खेले भने जुड बेलिङ्घमले खेलको अन्त्यतिर टोलीका लागि छैटौं गोल गर्दै जित सुनिश्चित गरे। यस गोलसँगै युवा स्टार बेलिङ्घम जारी विश्वकपमा व्यक्तिगत ७ गोल पूरा गर्दै एकै विश्वकप संस्करणमा इंल्यान्डका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बनेका छन्।

खेलमा फ्रान्स पराजित भए पनि तीनवटा विश्वकप (२०१८, २०२२ र २०२६) खेल्दै २२ गोलको जादुई आँकडा छुन सफल एमबाप्पेको यो व्यक्तिगत उपलब्धि विश्व फुटबल इतिहासमा लामो समयसम्म सम्झिइनेछ।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !