दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा

दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:३०
दसैँको खुसी दुःखमा परेकासँग बाँडौँ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँको खुसी दुःख र पीडामा रहेका परिवारसँग बाँड्न सबैलाई आह्वान गरेका छन्।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले दसैँले समाजलाई जोड्ने सद्भावको भावनालाई अझ बलियो बनाओस् भन्ने कामना गरेका छन्।

ADVERTISEMENT

उनले सबै नेपालीमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप सुदृढ होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

‘यस वर्षको दसैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्’, थापाले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन, आफ्नो खुसी बाँड्न र एकअर्काको सहारा बन्न सक्नुपर्नेमा उनले जोड दिएका छन्।

सभापति थापाको सन्देशले दसैँलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी दुःखमा परेका व्यक्तिलाई सहयोग गर्ने, आपसी सद्भाव बढाउने र सामाजिक एकता बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार ११:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !