बडादसैँमा उपत्यकावासीका लागि प्रहरीको निःशुल्क बस सेवा

बडादसैँमा उपत्यकावासीका लागि प्रहरीको निःशुल्क बस सेवा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:२४
बडादसैँमा उपत्यकावासीका लागि प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं : बडादसैँको अवसरमा सर्वसाधारणको सहज आवागमनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

चाडपर्वका बेला सार्वजनिक सवारीसाधनको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्यनजर गर्दै प्रहरीले उपत्यकाका तीनवटा प्रमुख रुटमा निःशुल्क बस सञ्चालन गरेको हो। प्रहरीले हिजोदेखि सुरु गरेको यो सेवा आज पनि निरन्तरता दिने जनाएको छ।

ADVERTISEMENT

नेपाल प्रहरीका अनुसार पहिलो रुट नक्सालबाट सुरु हुनेछ। बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्कनेछ।

दोस्रो रुटअन्तर्गत नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै बस पुनः नक्साल पुग्नेछ।

त्यस्तै, तेस्रो रुट नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी र महाराजगन्ज हुँदै पुनः नक्साल फर्कनेछ।

प्रहरीका अनुसार निर्धारित रुटमा पहिलो सिफ्टको बस बिहान ८ बजे र दोस्रो सिफ्टको बस दिउँसो ३ः३० बजेबाट सञ्चालन हुनेछ।

दसैँका बेला सार्वजनिक सवारीसाधनको उपलब्धता कम हुन सक्ने भएकाले प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट उपत्यकावासीलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार ११:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !