आज टीका लगाउन मौसमले साथ दिने, तराईमा हुस्सु लाग्ने सम्भावना

आज टीका लगाउन मौसमले साथ दिने, तराईमा हुस्सु लाग्ने सम्भावना
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:२१
आज टीका लगाउन मौसमले साथ दिने, तराईमा हुस्सु लाग्ने सम्भावना

काठमाडौं : विजयादशमीको टीका लगाउने दिन आज देशभरको मौसम अधिकांश स्थानमा अनुकूल रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि तराईमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले बुधबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनअनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा छ। तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा भने बिहान हुस्सु तथा कुहिरो लागेको छ।

ADVERTISEMENT

आज दिउँसो कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

आज राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

शुक्रबारसम्म ठूलो वर्षाको सम्भावना कम

महाशाखाका अनुसार आगामी शुक्रबारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना देखिएको छैन। यद्यपि कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

बिहीबार र शुक्रबार बिहान तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना पनि रहेको छ।

मौसमको पछिल्लो पूर्वानुमानअनुसार आज विजयादशमीको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ जानेहरूलाई अधिकांश स्थानमा मौसमले साथ दिने देखिएको छ। तर बिहान हुस्सु तथा कुहिरो लाग्ने स्थानमा यात्रा गर्दा भने सावधानी अपनाउनुपर्नेछ।

प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार ११:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !