ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:११
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन

सर्लाही : सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ। सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो।

परिवारका अनुसार साह एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए। स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो।

ADVERTISEMENT

उपचारपछि निको भएर घर फर्किने तयारीमा रहेका साहको बुधबार बिहान कोठामै निधन भएको उनका छोरा दिलीप साहले जानकारी दिएका छन्।

साहको पार्थिव शरीर सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिकामा ल्याउने तयारी भइरहेको छ। उनको निधनले परिवार, आफन्त तथा स्थानीयवासी शोकमा परेका छन्।

साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। उनले निर्वाचनमा ४ हजार ६७८ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार ११:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !