बलात्कार आरोपमा सिद्धबाबालाई सफाइ

बलात्कार आरोपमा सिद्धबाबालाई सफाइ
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २५, मंगलवार २१:५३
बलात्कार आरोपमा सिद्धबाबालाई सफाइ

माेरङ : विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले बलात्कार (जबरजस्ती करणी) मुद्दामा उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् ।

सुनसरीको चतरा धामस्थित आश्रममा बस्दै आएका सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालतले मंगलबार सदर गरेको हो ।

न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले सुनुवाइ गर्दै जिल्लाको फैसला सदर गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

महिला अनुयायीलाई आश्रममा बोलाएर २०७६ कात्तिकमा बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए । उनले यसअघि सुनसरी जिल्ला अदालतबाट २ पटक सफाइ पाइसकेका थिए ।

उनलाई पहिलोपटक सुनसरी अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ मंसिरमा सफाइ दिएको थियो ।

प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २१:५३

तपाईको प्रतिक्रिया !