जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक

जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १४, बुधबार १२:४९
जनकपुरमा हरवा–चरवहाको श्रम अधिकार र सामाजिक सुरक्षाबारे जनचेतनामूलक सडक नाटक

जनकपुरधाम : हरवा–चरवहाको श्रम अधिकार तथा सामाजिक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषाको जनकपुरधामका दुई वडामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।

द फ्रिडम फन्डको आर्थिक सहयोग तथा गरिबी निवारण तथा वातावरण संरक्षण नेपालको आयोजनामा बुधबार जनकपुरधाम उपमहानगरपालिका–१४ र १९ मा सडक नाटक प्रदर्शन गरिएको हो।

ADVERTISEMENT

जनकपुरधाम–१४ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष पुने प्रताप यादव प्रमुख अतिथि रहेका थिए। त्यस्तै, वडा नं. १९ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष विनोदकुमार साह प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमको अध्यक्षता गरिबी निवारण तथा वातावरण संरक्षण नेपालका अध्यक्ष सीताराम यादवले गरेका थिए।

सडक नाटकमार्फत हरवा–चरवहाको श्रम अधिकार, सामाजिक सुरक्षा, श्रमको उचित मूल्य, राज्यबाट प्राप्त हुने सेवा–सुविधा तथा आफ्ना अधिकारका विषयमा स्थानीयवासीलाई जानकारी गराइएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीयवासीको सहभागिता रहेको थियो। सडक नाटकले मनोरञ्जनसँगै हरवा–चरवहाको अधिकार र सामाजिक सुरक्षाका विषयमा समुदायमा सचेतना फैलाउन सहयोग पुगेको आयोजकको भनाइ छ।

आयोजक संस्थाका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै श्रमिक समुदायलाई आफ्नो अधिकारबारे सचेत गराउने उद्देश्य रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार १२:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !