कमला नगर कांग्रेसको नगर अधिवेशन सर्वसम्मत, सभापतिमा सुरेन्द्र यादव

कमला नगर कांग्रेसको नगर अधिवेशन सर्वसम्मत, सभापतिमा सुरेन्द्र यादव
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १२, सोमबार १५:२३
कमला नगर कांग्रेसको नगर अधिवेशन सर्वसम्मत, सभापतिमा सुरेन्द्र यादव

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।

अधिवेशनबाट कमला नगर कार्यसमितिको नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनले सभापतिमा सुरेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको छ।

ADVERTISEMENT

त्यस्तै, उपसभापतिमा लक्ष्मेश्वर यादव र तबसुम खातुन मण्डल चयन भएका छन्। सचिवमा जंगेश कामत तथा सहसचिवमा विनोद मण्डल सर्वसम्मत चयन भएका छन्।

नगर कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन भएपछि अधिवेशनमा सहभागी नेता तथा प्रतिनिधिहरूले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित नेतृत्वले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार १५:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !