सुनसरी र सिरहामा मृत्यु भएका युवकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सुनसरी र सिरहामा मृत्यु भएका युवकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २६, मंगलवार १९:१५
सुनसरी र सिरहामा मृत्यु भएका युवकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चारै जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

सुनसरीको कप्तानगन्जमा भएको विवादपछि सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताको मृत्यु भएको थियो।

त्यसपछि तराई–मधेशका विभिन्न स्थानमा भएका प्रदर्शन भएको थियो। त्यही क्रममा सुरक्षाकर्मीको गोली लागेर सिरहाका गणेशकुमार यादवको मृत्यु भएको थियो।

प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १९:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !