कांग्रेस धनुषा २(क)को प्रदेश सभापतिमा बिरेन्द्र प्रसाद यादवको उम्मेदवारी घोषणा

कांग्रेस धनुषा २(क)को प्रदेश सभापतिमा बिरेन्द्र प्रसाद यादवको उम्मेदवारी घोषणा
राघव मण्डल राघव मण्डल २०८३ आश्विन १२, सोमबार २२:४९
कांग्रेस धनुषा २(क)को प्रदेश सभापतिमा बिरेन्द्र प्रसाद यादवको उम्मेदवारी घोषणा

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. २(क) को प्रदेश सभापति पदका लागि बिरेन्द्र प्रसाद यादवले उम्मेदवारी घोषणा गरेका छन्।

यादवले मंगलबार हुने अधिवेशनको लागि प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। मधेशपत्रसँग कुरा गर्दै उनले धनुषा–२(क) को प्रदेश सभापति पदमा उम्मेदवारी दिने बताए।

ADVERTISEMENT

कमला नगरपालिका–८ का निवासी यादवले पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा नेता–कार्यकर्ताबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिने बताएका छन्।

धनुषा–२(क) मा प्रदेश सभापति पदका लागि हुने प्रदेश अधिवेशनमा यादवले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन्।

प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार २२:४९
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया !