कमला कांग्रेसको नगर उपसभापतिमा २१ वर्षीया जेनजी तबसुम निर्वाचित

कमला कांग्रेसको नगर उपसभापतिमा २१ वर्षीया जेनजी तबसुम निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १२, सोमबार २०:०८
कमला कांग्रेसको नगर उपसभापतिमा २१ वर्षीया जेनजी तबसुम निर्वाचित

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट २१ वर्षीया तबसुम खातुन मण्डल उपसभापतिमा सर्वसम्मत निर्वाचित भएकी छन्।

कमला नगरपालिकाको वडा नम्बर ४ निवासी तबसुम जेनजी युवा पुस्ताको प्रतिनिधित्व गर्दै नगर कार्यसमितिको उपसभापतिमा निर्वाचित भएकी हुन्। उनी नगर कार्यसमितिमा निर्वाचित हुने युवा पुस्ताकी प्रतिनिधिमध्ये एक हुन्।

ADVERTISEMENT

अधिवेशनबाट नगर सभापतिमा सुरेन्द्र यादव सर्वसम्मत चयन भएका छन्। त्यस्तै, उपसभापतिमा लक्ष्मेश्वर यादव र तबसुम खातुन मण्डल चयन भएका छन्।

यसैगरी, सचिवमा जंगेश कामत र सहसचिवमा विनोद मण्डल सर्वसम्मत चयन भएका छन्।

नगर कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएपछि अधिवेशनमा सहभागी नेता तथा क्षेत्रीय प्रतिनिधिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

अधिवेशनमा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित नगर कार्यसमितिले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार २०:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !