रौतहटमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

रौतहटमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १३, मंगलवार ०९:११
रौतहटमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

रौतहट : रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका करिब ७२ वर्षीय नारायण बैठाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७:४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको BR 22 H 6159 नम्बरको मोटरसाइकलले घर अगाडि सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल गौरस्थित अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको थियो।

ADVERTISEMENT

वीरगन्जमा उपचारकै क्रममा राति करिब ९:४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक २२ वर्षीय अमित भगत घटनास्थलबाट फरार रहेका छन्। उनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीले सडकमा बढ्दो सवारी चाप तथा तीव्र गतिका कारण दुर्घटनाका घटनाहरू बढ्दै गएको भन्दै सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न र सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेका छन्। मृतक बैठाको निधनप्रति स्थानीय क्षेत्रमा शोक छाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलवार ०९:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !