प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ : नेता निधि

प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ : नेता निधि
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १, बिहीबार १९:३३
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ : नेता निधि

जनकपुरधाम : नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका निधिले जनकपुरधाम विमानस्थलमा आज कुरागर्दै भने, ‘सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु। त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ।’

ADVERTISEMENT

सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद् भएको उनको भनाइ छ।

उनले भने, ‘आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ।’

जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे।

प्रकाशित मिति: २०८१ कार्तिक १, बिहीबार १९:३३

तपाईको प्रतिक्रिया !