सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ०९:३७
सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर

काठमाडौं  : बागलुङमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सोमबार बिहान सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।

ADVERTISEMENT

प्रहरीका अनुसार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँतर्फ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खनिरहेको बेला घटना भएको हो।

माटोमा पुरिएर मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। उनीहरूलाई माटोको ढिस्कोबाट उद्धार गरी मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार ०९:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !