सूर्यविनायकमा कवाडी पसलमा आगलागी

सूर्यविनायकमा कवाडी पसलमा आगलागी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ०९:२७
सूर्यविनायकमा कवाडी पसलमा आगलागी

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ कपाली टोलमा कवाडी पसलमा आगलागी भएको छ।

प्रहरीका अनुसार नवराज भट्टले सञ्चालन गर्दै आएको कवाडी पसलमा सोमबार बिहान करिब साढे ६ बजे आगलागी भएको हो।

ADVERTISEMENT

प्रहरी वृत्त जगाती भक्तपुरका डीएसपी दीपक कार्कीले प्रारम्भिक जानकारीअनुसार विद्युत् तार सर्ट हुँदा आगलागी भएको हुन सक्ने बताए।

उनका अनुसार जस्ता र फलामबाट बनेको उक्त कवाडी पसलमा लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार ०९:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !