रामजानकी अस्पतालमा १६ बिरामीको ब्रेन शल्यक्रिया सफल

रामजानकी अस्पतालमा १६ बिरामीको ब्रेन शल्यक्रिया सफल
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ००:१०
रामजानकी अस्पतालमा १६ बिरामीको ब्रेन शल्यक्रिया सफल

जनकपुरधाम : जनकपुरधामस्थित रामजानकी अस्पतालमा १६ जना बिरामीको मस्तिष्क (ब्रेन) सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

अस्पतालका अनुसार विभिन्न प्रकारका न्युरोसम्बन्धी समस्या भएका १६ जना बिरामीको मस्तिष्कको शल्यक्रिया सफलतापूर्वक गरिएको हो।

ADVERTISEMENT

जनकपुरधाममै जटिल प्रकृतिका मस्तिष्कसम्बन्धी रोगको शल्यक्रिया हुन थालेपछि उपचारका लागि काठमाडौं तथा अन्य ठूला सहरमा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

मधेश प्रदेशमा न्युरोसर्जरी तथा मस्तिष्कसम्बन्धी जटिल उपचार सेवा विस्तार हुनु स्थानीय बिरामीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसबाट धनुषासहित मधेश प्रदेशका विभिन्न जिल्लाका बिरामीले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार सेवा पाउने अवसर बढेको अस्पतालले जनाएको छ।

अस्पतालका व्यवस्थापक मिथलेश साहले न्युरोसम्बन्धी उपचार सेवालाई थप विस्तार गर्दै आगामी दिनमा अझ जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार जनकपुरधाममै विशेषज्ञस्तरको न्युरो उपचार सेवा उपलब्ध हुन थालेपछि यस क्षेत्रका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने अवस्था क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार ००:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !