जनकपुरमा रघुनाथ ठाकुर ‘मधेशी’ को स्मृतिमा भोलि सडक अन्तरक्रिया

जनकपुरमा रघुनाथ ठाकुर ‘मधेशी’ को स्मृतिमा भोलि सडक अन्तरक्रिया
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ असार ६, शुक्रबार २२:२५
जनकपुरमा रघुनाथ ठाकुर ‘मधेशी’ को स्मृतिमा भोलि सडक अन्तरक्रिया

जनकपुरधाम : मधेश आन्दोलनका महानायक अमर शहीद रघुनाथ ठाकुर ‘मधेशी’को ४४ औँ स्मृति दिवसको अवसरमा जनकपुरधाममा विशेष सडक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

‘मधेश विद्रोहका महानायकको स्मृति दिवसको अवसरमा सडक अन्तरक्रिया कार्यक्रम भोलि साँझ ५ बजे जनकपुरधामको जनकचोकमा हुनेछ। आयोजकका अनुसार, मधेश आन्दोलनका एतिहासिक योगदान र रघुनाथ ठाकुरको बलिदानको स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो।

ADVERTISEMENT

रघुनाथ ठाकुर ‘मधेशी’ मधेश आन्दोलनको सुरुवाती चरणका सक्रिय अगुवा थिए। उहाँले मधेशी समुदायको पहिचान, अधिकार र स्वाभिमानका लागि संघर्ष गर्दै आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो। उहाँको योगदानलाई स्मरण गर्दै प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरिएको छ।

कार्यक्रममा मधेश आन्दोलनका अग्रज नेताहरू, नागरिक समाजका प्रतिनिधि, युवा अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ। आयोजकले स्मृति दिवसलाई बहस, विचार आदान–प्रदान र भावी पुस्तामा रघुनाथ ठाकुरको योगदान स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्ने लक्ष्य लिएको छ।

 

प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार २२:२५
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !