काठमाडौंको रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौंको रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:५५
काठमाडौंको रानीपोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

काठमाडौं : काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार शव फेला परेका व्यक्तिको पहिचान खुल्न सकेको छैन।

उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार रानीपोखरीमा पुरुषको शव भेटिएको हो।

ADVERTISEMENT

उनका अनुसार शव फेला परेका व्यक्ति करिब ३५ देखि ४० वर्ष उमेरका देखिन्छन्।

‘एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन,’ थपलियाले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’

शव फेला परेको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १३:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !