दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : सांसद सिंह

दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : सांसद सिंह
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:३५
दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : सांसद सिंह

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही नहुने टिप्पणी गरेका छन्।

विभिन्न देशका लागि सरकारले सिफारिस गरेका राजदूतलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि सांसद सिंहले बिहीबार सामाजिक सञ्जालमार्फत सरकारको निर्णयमाथि टिप्पणी गरेका हुन्।

ADVERTISEMENT

‘दुईतिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनको भनाइ छ।

‘लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ। यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ सिंहले लेखेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १३:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !