सिरहामा ११०२ किलो गाँजा बरामद, चालक फरार

सिरहामा ११०२ किलो गाँजा बरामद, चालक फरार
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १५, बिहीबार ०९:०५
सिरहामा ११०२ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम : सिरहामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट १ हजार १०२ किलोभन्दा बढी गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

ADVERTISEMENT

टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

गाडीमा २६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा बोकेको गाडी र मोटरसाइकल छाडेर चालकहरू फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहीबार ०९:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !