कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट

कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १५, बिहीबार ०८:४५
कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट

काठमाडौं : नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट सुरु हुँदैछ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन अन्तर्गत आजबाट देशभर सुरु हुन लागेको आफ्नो समूहको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

ADVERTISEMENT

‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत देशभरका वडाहरुको अधिवेशन आजबाट सुरु हुदैछ। झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ,’ देउवाले भनेका छन्, ‘हामीले नेपालमा लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका वलिदान,त्याग र सर्घषलाई थप मजवुत बनाउन पनि १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ। म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पुरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लाशका साथ सहभागि भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु।’

देउवाले पार्टीभित्रको मतभेदलाई १५ औँ महाधिवेशन मार्फत समाधान गरेर पार्टीलाई थप मजवुत बनाउने आफूले प्रण गरेको पनि बताएका छन्।

आजबाट वडा अधिवेशन गर्न लागेको देउवा पक्षले असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन तोकेको छ। केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ सम्म काठमाडौँमा गर्ने कार्यतालिका देउवा समूहले बनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहीबार ०८:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !