ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार ११:४४
ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

हुम्ला : हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार राति करिब १ बजे गाउँपालिका कार्यालयमा आगलागी भएको हो। आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

ADVERTISEMENT

हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार गाउँपालिकाको भवनस्थित लेखा शाखाको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

उनका अनुसार राति ३ बजेर ४५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट स्टोरमा रहेका चार थान काठका र्‍याक, एक थान सुत्ने खाट, एक थान टेबल र एक थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्।

घटनाबाट भएको थप क्षति तथा आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार ११:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !