ग्यास अभावविरुद्ध घण्टाघरमा नेविसंघको प्रदर्शन, रित्तो सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी

ग्यास अभावविरुद्ध घण्टाघरमा नेविसंघको प्रदर्शन, रित्तो सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २, मंगलवार १२:४३
ग्यास अभावविरुद्ध घण्टाघरमा नेविसंघको प्रदर्शन, रित्तो सिलिन्डर बोकेर सडकमा उत्रिए विद्यार्थी

काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको घण्टाघरमा ग्यास अभावविरुद्ध प्रदर्शन गरेको छ। ग्यासको आपूर्ति सहज नहुँदा विद्यार्थी तथा सर्वसाधारणले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले रित्तो ग्यास सिलिन्डरसहित प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल ग्यास अभाव अन्त्य गर्न माग गरेका छन्। उनीहरूले रित्तो सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

ADVERTISEMENT

विद्यार्थीहरूले ‘बालेन सरकार, चुलो समस्या समाधानमा किन यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’ तथा ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

ग्यासका लागि लामो समय लाइनमा बस्नुपर्ने अवस्थाले विद्यार्थीको पढाइसँगै दैनिक जीवनसमेत प्रभावित भएको नेविसंघको भनाइ छ। अत्यावश्यक वस्तुको रूपमा रहेको खाना पकाउने ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने विद्यार्थीहरूको माग छ।

नेविसंघले ग्यास अभावको कारण तत्काल पहिचान गरी आपूर्ति व्यवस्था सहज बनाउन तथा विद्यार्थी र सर्वसाधारणले बिना झन्झट ग्यास पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा ग्यासको अभाव लम्बिँदै जाँदा उपभोक्ताले सास्ती खेपिरहेका बेला विद्यार्थी संगठनसमेत सडकमा उत्रिएको हो।

प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १२:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !