राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेको महत्व हुन्छ : गगन थापा

राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेको महत्व हुन्छ : गगन थापा
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार ११:१७
राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेको महत्व हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले राजनीतिक जीवनमा कठिन परिस्थितिमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका छन्।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले आफू राजनीतिक यात्राका क्रममा पटक–पटक कठिन अवस्थामा पुगेको स्मरण गरे।

ADVERTISEMENT

‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ उनले भने, ‘लडेको बेलामा, ढलेको बेलामा दिने साथको धेरै महत्व हुन्छ।’

आफू एक राजनीतिक कार्यकर्ता भएको उल्लेख गर्दै थापाले राजनीतिक यात्रामा धेरैपटक लडेको र ढलेको बताए।

उनले आफू कमजोर अवस्थामा हुँदा पनि निरन्तर शुभेच्छा, आशीर्वाद र स्नेह प्रदान गर्नेहरूप्रति आभार व्यक्त गरे।

‘म कैयौँ पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचीकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ। आशीर्वाद रहेको छ। स्नेह रहेको छ। त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन,’ थापाले भने।

सभापति थापाले आफू आजको स्थानमा पुग्नुमा शुभेच्छुकहरूको ठूलो योगदान रहेको पनि बताए। आफूलाई निरन्तर विश्वास र स्नेह गर्नेहरूको योगदानलाई पटक–पटक स्मरण गर्न मन लाग्ने उनको भनाइ थियो।

‘तपाईंहरूले निरन्तर स्नेह जुन मलाई गर्नुभएको छ, जुन विश्वास गर्नुभएको छ, म आज जुन ठाउँमा छु, मैले पटक–पटक यो कुरा भनेको छु, फेरि पनि दोहोर्‍याउँछु। यस्तो कुरा दोहोर्‍याउन पनि मन लाग्छ। त्यसमा तपाईंहरूको धेरै ठूलो योगदान छ,’ उनले भने।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार ११:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !