नगरपालिकामा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन

नगरपालिकामा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार ११:०८
नगरपालिकामा उम्मेदवार बन्न रास्वपाले खुलायो आवेदन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिकाबाट उम्मेदवार बन्न इच्छुकका लागि आवेदन खुला गरेको छ।

रास्वपाले नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्न चाहनेहरूका लागि ‘नगरपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको हो।

ADVERTISEMENT

बिहीबार सार्वजनिक सूचना जारी गर्दै पार्टीले स्थानीय तह निर्वाचनमा आफ्नो नगरपालिकाको नेतृत्व लिन इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ।

पार्टीले सूचनामा भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ। यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला।’

इच्छुक व्यक्तिले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो।

पार्टीका अनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार ११:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !