भारतबाट पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुग्यो

भारतबाट पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुग्यो
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १७, बुधबार १२:४८
भारतबाट पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं : भारत सरकारले पठाएको पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुगेको छ।

राहत सामग्रीसहित भारतबाट आएको ११ सदस्यीय उद्धार टोली बुधबार काठमाडौं अवतरण गरेको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार सुरुङ उद्धारमा दक्ष उक्त टोली आवश्यक उपकरण तथा औषधिसहित नेपाल आइपुगेको छ।

ADVERTISEMENT

भारतले बुधबार बिहान उद्धार टोलीसँगै आवश्यक उपकरण र ५.५ टन अत्यावश्यक राहत सामग्री काठमाडौं पठाएको जनाएको छ।

उक्त टोलीले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्ने बताइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार १२:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !