‘त्रिशूली–३ ए’ को सुरुङ भेटियो, उद्धार टोली भित्र प्रवेश गर्ने प्रयासमा

‘त्रिशूली–३ ए’ को सुरुङ भेटियो, उद्धार टोली भित्र प्रवेश गर्ने प्रयासमा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १६:१९
‘त्रिशूली–३ ए’ को सुरुङ भेटियो, उद्धार टोली भित्र प्रवेश गर्ने प्रयासमा

काठमाडौं : नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारका क्रममा सुरुङको स्थान पत्ता लागेको छ। उद्धार टोली अहिले सुरुङभित्र प्रवेश गर्ने प्रयासमा जुटेको छ।

उद्धारस्थलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङ फेला परेको जानकारी दिएका हुन्।

ADVERTISEMENT

यसअघि उद्धार टोलीले सुरुङभित्र रहेका मानिससम्म अक्सिजन पुर्‍याउने प्रयासस्वरूप सुरुङ क्षेत्रमा प्वाल पारेर अक्सिजन पठाउन थालेको थियो।

फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले एक्स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएको छ। ती उपकरणलाई खण्ड–खण्डमा छुट्याएर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहित विभिन्न निकायका उद्धार टोली परिचालित छन्। गएराति आएको भीषण बाढीपछि पनि खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १६:१९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !