माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि हेलिकप्टरबाट एक्स्काभेटर र डोजर लगिँदै, एक घण्टाभित्र सुरुङ प्रवेशद्वार खोलिने

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि हेलिकप्टरबाट एक्स्काभेटर र डोजर लगिँदै, एक घण्टाभित्र सुरुङ प्रवेशद्वार खोलिने
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:४९
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि हेलिकप्टरबाट एक्स्काभेटर र डोजर लगिँदै, एक घण्टाभित्र सुरुङ प्रवेशद्वार खोलिने

काठमाडौं : बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले एक्स्काभेटर र डोजर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ पुर्‍याउन थालेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार उद्धारमा प्रयोग गरिने ती उपकरणलाई नुवाकोटको बट्टारमा खण्ड–खण्ड पारिएको छ। त्यसपछि हेलिकप्टरमार्फत आयोजनास्थलमा लैजाने काम भइरहेको छ।

ADVERTISEMENT

बाढी प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेनासहित विभिन्न निकायको टोली अहोरात्र खटिएको छ। भीषण बाढीपछि पनि उद्धार कार्यलाई निरन्तरता दिइएको जनाइएको छ।

नेपाली सेनाका अनुसार अबको करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’ कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ।

सुरुङको प्रवेशद्वार खोलिएपछि मात्रै भित्र फसेका मानिसहरूको अवस्थाबारे जानकारी लिन र खोज तथा उद्धार कार्य अगाडि बढाउन सकिने जनाइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:४९
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !