बाढी प्रभावितका लागि श्याम यादवले गरे ९५ हजार रुपैयाँ सहयोग

बाढी प्रभावितका लागि श्याम यादवले गरे ९५ हजार रुपैयाँ सहयोग
मधेश पत्र मधेश पत्र २०८३ भाद्र १५, सोमबार ०८:४८
बाढी प्रभावितका लागि श्याम यादवले गरे ९५ हजार रुपैयाँ सहयोग

जनकपुरधाम : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि धनुषाका श्याम यादवले ९५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

जिल्लाको कमला नगरपालिका–४, सघारा निवासी यादवले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा उक्त रकम सहयोग गरेका हुन्।

ADVERTISEMENT

हाल अमेरिकामा बस्दै आएका यादवले विपद्का कारण पीडामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको बताए।

‘सहयोग ठूलो वा सानो हुँदैन। विपद्को कठिन समयमा एक–अर्काको साथ दिनुपर्छ भन्ने भावनाले आफूले सकेको सहयोग गरेको हुँ,’ यादवले भने।

उनले आफ्नो सहयोगलाई ठूलो योगदानका रूपमा नलिई मानवीय भावनाले गरिएको सानो प्रयासका रूपमा लिन आग्रह गरेका छन्। आफ्नो प्रयासले अन्य व्यक्ति तथा समुदायलाई पनि बाढी प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे।

‘हामी सबैले आफ्नो क्षमताअनुसार थोरै–थोरै सहयोग गर्ने हो भने बाढीबाट प्रभावित धेरै परिवारको पीडामा केही राहत पुर्‍याउन सकिन्छ,’ यादवले भने।

विपद्को कठिन घडीमा पीडित नेपालीको साथ दिन र आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गर्दै यादवले भने, ‘हाम्रो सानो सहयोग कसैको जीवनमा ठूलो आशा बन्न सक्छ।’

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०८:४८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !