सीमावासीसँग सशस्त्र प्रहरी : ठाढीमा स्वास्थ्य शिविर, ४५१ जनाले लिए सेवा

सीमावासीसँग सशस्त्र प्रहरी : ठाढीमा स्वास्थ्य शिविर, ४५१ जनाले लिए सेवा
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८३ भाद्र १४, आईतवार १८:२८
सीमावासीसँग सशस्त्र प्रहरी : ठाढीमा स्वास्थ्य शिविर, ४५१ जनाले लिए सेवा

जनकपुरधाम : सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाको आयोजनामा धनुषाको ठाढीमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४५१ जना स्थानीय लाभान्वित भएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको पहलमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल महोत्तरी र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

ADVERTISEMENT

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत विदेह नगरपालिका–१ ठाढीस्थित श्री माध्यमिक विद्यालयको खेलमैदानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआईजी विष्णुप्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा बालरोग, नाक–कान–घाँटी, स्त्रीरोग, हाडजोर्नी तथा आन्तरिक चिकित्सासहित विभिन्न रोगका विशेषज्ञ चिकित्सकले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा विदेह नगरपालिका–१ ठाढी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने ४५१ जना स्थानीयले स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार सेवाग्राहीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाका गणपति एसपी भीमबहादुर बिष्टले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको भूमिकाको प्रशंसा गरे।

सीमावासी नागरिकलाई सीमाको पहिलो पहरेदारका रूपमा उल्लेख गर्दै उनले उनीहरूको योगदान अतुलनीय रहेको बताए। सीमावासीसँगको सम्बन्धलाई थप सुदृढ गर्दै उनीहरूको स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’मार्फत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग प्रत्यक्ष सम्पर्क र सहकार्य बढाउँदै उनीहरूलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।

स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक डा.रजनिश यादवसहित सशस्त्र प्रहरी बल, नेपाल फिल्ड अस्पताल महोत्तरीको चिकित्सक टोली तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १८:२८
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !