खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १४:४५
खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन पार्टीका विभिन्न तह र निकायलाई निर्देशन दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट भइरहेका उद्धार तथा राहत गतिविधिबारे सभापति लामिछानेले पार्टीका विभिन्न तहका नेता तथा निकायबाट जानकारी लिएका थिए।

ADVERTISEMENT

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार प्रभावित नागरिकलाई तत्काल सहयोग पुग्ने गरी पार्टीका उपलब्ध संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न लामिछानेले निर्देशन दिएका छन्।

भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तह र संरचनालाई सक्रिय रूपमा परिचालन हुन पनि उनले आग्रह गरेका छन्।

सभापति लामिछानेले बाढी प्रभावित स्थानीय तहका पार्टी सभापतिसँग समेत छलफल गरी स्थानीय अवस्थाबारे जानकारी लिएको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १४:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !