कञ्चनपुरमा आइतबारदेखि हराएका १४ महिला परिवारको सम्पर्कमा आए

कञ्चनपुरमा आइतबारदेखि हराएका १४ महिला परिवारको सम्पर्कमा आए
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ४, सोमबार १५:३४
कञ्चनपुरमा आइतबारदेखि हराएका १४ महिला परिवारको सम्पर्कमा आए

जनकपुरधाम : कञ्चनपुरमा हिजोदेखि सम्पर्कविहीन भएका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन्।

आइतबार च्याउ खोज्न भन्दै घर नजिकैको जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका थिए।

ADVERTISEMENT

उनीहरू आज बिहान परिवारको सम्पर्कमा आएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले जानकारी दिए।

भीमदत्त नगरपालिका-१९ को बागफाँटाका उनीहरू आइतबारदेखि घर नफर्किएपछि खोजी कार्य तीव्र पारिएको थियो।

स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए।

च्याउ खोज्न भनेर जंगल पसेका बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सोमबार परिवारको सम्पर्कमा आएका हुन्।

जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी गरेको थियो।

मोवाइलसमेत नबोक्ने ती महिलाको खोजीमा समस्या भएको थियो।

यो पनि पढ्नुहोस्

कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला आइतबारदेखि सम्पर्कविहीन

प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार १५:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !