बझाङमा ३ किलो २६५ ग्राम चरेस बरामद, दुई जना पक्राउ

बझाङमा ३ किलो २६५ ग्राम चरेस बरामद, दुई जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १२, बुधबार १०:५०
बझाङमा ३ किलो २६५ ग्राम चरेस बरामद, दुई जना पक्राउ

बझाङ: बझाङमा प्रहरीले ३ किलो २६५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बुंगल नगरपालिका–४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट उक्त परिमाणको चरेस बरामद गरिएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त गस्ती टोलीले कार्कीको घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाएर राखिएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ।

चरेस कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बुंगल नगरपालिका–४ का ४३ वर्षीय जनक कार्की र वडा नम्बर ६ का ५७ वर्षीय जितबहादुर सिंहलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार १०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !