त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १२, बुधबार १०:५४
त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ४६ वर्षीया शबानानु यार महम्मद शेख र ३५ वर्षीया शरीफा अब्बास रहेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार हवाई मार्ग हुँदै नेपाल आउने यात्रुको प्रोफाइलिङ गर्ने क्रममा मंगलबार लागूऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा, गौचरणबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

बाटिक एयरको उडानमार्फत काठमाडौं आएका उनीहरू थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरेका सहप्रवक्ता जीवन निरौलाका अनुसार पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार १०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !