कमला क्रिकेट लिगको फाइनल : सघारा बोल्ट्स र सल्हेश लक्कर भिड्दै

कमला क्रिकेट लिगको फाइनल : सघारा बोल्ट्स र सल्हेश लक्कर भिड्दै
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १३, बिहीबार ०९:५६
कमला क्रिकेट लिगको फाइनल : सघारा बोल्ट्स र सल्हेश लक्कर भिड्दै

जनकपुरधाम :धनुषाको कमला नगरपालिकामा सञ्चालित कमला क्रिकेट लिगको फाइनल खेल आज हुँदैछ। लिगको उपाधिका लागि कमला नगरपालिका–४ को सघारा बोल्ट्स र वडा नम्बर–५ को सल्हेश लक्कर आमनेसामने हुँदैछन्।

सघारा युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल आज दिउँसो १२ बजेदेखि कमला नगरपालिका–९ स्थित हटलेटवा खेल मैदानमा सुरु हुनेछ।

ADVERTISEMENT

प्रतियोगिताका संयोजक मो. तौकिर राइनका अनुसार लिगमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली फाइनलमा पुगेका हुन्। उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ।

फाइनलमा विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीलाई नगद १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीयस्तरमा क्रिकेटको विकास गर्ने र युवा खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहीबार ०९:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !