नेकपा एसको औचित्य छैन, नेताहरूले एमाले विभाजन गलत थियो भनेर स्वीकारे: शंकर पोखरेल

नेकपा एसको औचित्य छैन, नेताहरूले एमाले विभाजन गलत थियो भनेर स्वीकारे: शंकर पोखरेल
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १६, शुक्रबार २३:०२
नेकपा एसको औचित्य छैन, नेताहरूले एमाले विभाजन गलत थियो भनेर स्वीकारे: शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुरा गर्न असफल भएको दाबी गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेकपा एसभित्र अहिले निराशा देखिएको टिप्पणी गरे।

उनले भने, ‘जनताले रोजेको पहिलो पार्टी हुँदा पनि विभाजनको कारणले पहिलो पार्टी बन्न सकेन। एमाले विभाजन गरेर अलग पार्टी बनाउँछौँ र एमालेको विकल्प खडा गर्छौँ भन्ने ठानेका थिए, आज उहाँहरूमा निराशा र हताश देखिन्छ।’

ADVERTISEMENT

उनले एकीकृत समाजवादीको भविष्य नरहेको भन्दै नेताहरूलाई आफ्नो घर फर्किन आग्रह गरे।

उनले थपे, ‘एकथरी नेताहरू सार्वजनिक रूपमै पार्टी विभाजन गलत थियो भन्न थाल्नुभएको छ। अर्को थरी नेताहरू अलग पार्टी चलाउन सकिँदैन। माओवादीसँगै एकता गर्नपर्छ भनेर लागिराख्नुभएको छ। उहाँले जुन उद्देश्यले पार्टी विभाजन गर्नुभएको थियो त्यसमा पूर्ण रूपमा असफल हुनुभएको छ।’

प्रकाशित मिति: २०८२ श्रावण १६, शुक्रबार २३:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !