कारले ठक्कर दिँदा २ मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, २ घाइते

कारले ठक्कर दिँदा २ मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, २ घाइते
मधेश पत्र मधेश पत्र २०८३ आश्विन २०, मंगलवार २२:३२
कारले ठक्कर दिँदा २ मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु, २ घाइते

काठमाडौं : मकवानपुरमा कारले ठक्कर दिएर २ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

भीमफेदी गाउँपालिका–६, धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा कारको ठक्करपछि भएको दुर्घटनामा मोटरसाइकल चालक भारत घर भई काठमाडौं बस्दै आएका ३२ वर्षीय मुन्ना आलाम, सोही मोटरसाइकलमा पछाडि सवार ३१ वर्षीय चुन्नु आलम र अर्को मोटरसाइकल चालक २५ वर्षीय महेश्वर घिमिरे खत्री घाइते भएका थिए।

ADVERTISEMENT

घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा खत्रीलाई चिकित्सकले मृत घोषणा गरेका हुन। हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा. १२ च ४१६४ नम्बरको कारले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०२–०१८ प ०४५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सोही क्रममा पछाडिबाट आउँदै गरेको बा ५४ प २५६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार २२:३२
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !