के तपाईं हिटर बढी ताप्नुहुन्छ ? सचेत रहनुहोस् !

के तपाईं हिटर बढी ताप्नुहुन्छ ? सचेत रहनुहोस् !
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ७, शुक्रबार ०८:०४
के तपाईं हिटर बढी ताप्नुहुन्छ ? सचेत रहनुहोस् !

काठमाडौं : जाडो मौसम सुरु भएको छ । जसरी–जसरी जाडो बढ्दै जान्छ, घरलाई न्यानाे बनाउन विभिन्न विकल्प प्रयोग गरिन्छ ।

विशेषगरी कोठा तताउन हिटरकाे प्रयोग धेरै गरिन्छ । तर, के तपाईंलाई थाहा छ हिटर बढी ताप्नु तपाईंको स्वास्थ्यका लागि कति खतरनाक हुनसक्छ भन्ने ? यसको अत्यधिक प्रयाेगले स्वास्थ्य समस्यासँगै छालामा पनि नकारात्मक असर पर्न सक्छ । आउनुहोस् हिटरकाे अत्यधिक प्रयाेगले पार्न सक्ने असरबारे जानौँ :

छालामा हुने प्रभाव

बुढ्यौली : हिटर बढी ताप्ता चिसो हावाको कमी हुन्छ । यसले गर्दा छाला चाउरी पर्छ । जसका कारण उमेर बढेकाेजस्ताे लक्षण चाँडै देखा पर्न थाल्छ । अर्थात् जाडोको तीन महिनामा यदि तपाईं लगातार हिटर प्रयोग गर्नुहुन्छ भने उमेरभन्दा पहिले नै बुढो देखिन सक्नुहुन्छ ।

एलर्जी : हिटरका कारण वातावरण सुख्खा हुन्छ । सुख्खा वातावरणले तपाईंको छाला चिलाउने, रातो दाग देखा पर्ने र पोल्ने समस्या हुन सक्छ ।

स्वास्थ्यमा प्रभाव

धेरै हिटर चलाउँदा घरको हावा सुख्खा हुन्छ र सुख्खा हावाले श्वास लिन कठिन बनाउँछ । यदि तपाईंलाई दमको समस्या वा साइनसको समस्या छ भने यो झनै खतरनाक हुन सक्छ । लगातार सुख्खा वातावरणमा बस्दा आँखामा जलन र सुख्खापन हुन सक्छ । हिटरबाट कार्बन मोनोअक्साइड निस्कन सक्छ, जसले टाउको दुख्ने र थकानको समस्या निम्त्याउन सक्छ ।

यी खतराहरूबाट कसरी बच्ने ?

  • कोठामा राख्न ह्युमिडिफायर प्रयोग गर्नुहोस् ।
  • सुख्खापनबाट बच्न मोइश्चराइजर प्रयोग गर्नुहोस् र पर्याप्त पानी पिउनुहोस् । ताकि तपाईंको शरीर भित्रबाट पनि हाइड्रेटेड रहोस् ।
  • सबैभन्दा महत्त्वपूर्ण कुरा- त्यस्तो हिटर प्रयोग गर्नुहोस्, जसले कार्बन मोनोअक्साइड उत्सर्जन गर्दैन ।
  • कोठामा केही ताजा हावा आउन दिनुहोस् । ताकि कोठाको हावा बहने काम कायम रहोस् ।

प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ०८:०४

तपाईको प्रतिक्रिया !