रौतहटमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया महिलाको मृत्यु, दुई जना घाइते

रौतहटमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया महिलाको मृत्यु, दुई जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २, आईतवार १४:३६
रौतहटमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया महिलाको मृत्यु, दुई जना घाइते

रौतहट : रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मौलापुर–शीतलपुर सडकखण्डमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा तीन जना सवार थिए।

ADVERTISEMENT

दुर्घटनामा फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर निवासी करिब ७० वर्षीया सोमरिया देवी ठाकुर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ५३ वर्षीय त्रिविक्रम ठाकुर र पछाडि सवार उनकी बुहारी २८ वर्षीया सीमा कुमारी ठाकुर घाइते भएका छन्। दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमान्डमा खटिएको टोलीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएर कार्यालयमा राखेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक २, आईतवार १४:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !