दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक १, शनिबार ११:३०
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बडादसैँको बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो।

ADVERTISEMENT

मन्त्रालयले दसैँ बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएको छ। साथै, बिरामीलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्न पनि भनिएको छ।

सेवा प्रवाहका क्रममा देखिने समस्या तथा सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। उक्त व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउन पनि निर्देशन दिइएको छ।

दसैँ बिदाका समयमा नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशनको प्रभावकारी कार्यान्वयन तथा नियमित अनुगमन गर्न आग्रह गरेको छ।

मन्त्रालयको निर्देशनअनुसार चाडपर्वका समयमा पनि बिरामीले आकस्मिक तथा अत्यावश्यक उपचार सेवाबाट वञ्चित हुन नपाउने गरी अस्पतालहरूले आवश्यक तयारी गर्नुपर्नेछ।

प्रकाशित मिति: २०८३ कार्तिक १, शनिबार ११:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !