बारा प्रहरीले गर्‍यो १४ किलो चाँदीसहित दुइजना पक्राउ

बारा प्रहरीले गर्‍यो १४ किलो चाँदीसहित दुइजना पक्राउ
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार १७:४८
बारा प्रहरीले गर्‍यो १४ किलो चाँदीसहित दुइजना पक्राउ

वीरगन्ज : बारा प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीको गरगहनासहित दुइ जनालाई नियन्त्रणमा लिएको छ । ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले १४ किलो अवैध चाँदीको गरगहनासहित दुइ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बारा प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी सन्तोष साह सोनार र सिमरा उपमहानगरपालिका ८ निवासी सुरेह महतोलाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट १४ किलो चाँदीका मूर्तिसहित गरगहना बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार शुक्रबार विहानै वीरगन्जबाट हैटौंडातर्फ जाने क्रममा पथलैयाबाट मोटरसाइकलभित्रबाट बरामद भएको हो ।

प्रहरी प्रवक्ता सापकोटाले भने, ‘हामीलाई सूचना आएको थियो, त्यसपछि त्यहीअनुसार हामीले प्रहरी परिचालन गरेका थियौं । त्यो क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र ‘फल्स बटम’ बनाएको दखियो । त्यसमा जाँच गर्दा अवैध चाँदी बरामद भएको हो ।’

बरामद चाँदी २५ लाख ४हजार मूल्य बराबरको रहेको बारा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको साथबाट ना ५२ प ३९३२ र ना ५२ प २५८४ नम्बरको दुइवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

बरामद चाँदीसहित पक्राउ परेका दुबैजनामाथि कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनायो ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार १७:४८

तपाईको प्रतिक्रिया !