धनुषाका दुई विद्यार्थी क्याम्ब्रिज उत्कृष्ट शिक्षार्थी सम्मानित

धनुषाका दुई विद्यार्थी क्याम्ब्रिज उत्कृष्ट शिक्षार्थी सम्मानित
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन ५, मंगलवार १८:०१
धनुषाका दुई विद्यार्थी क्याम्ब्रिज उत्कृष्ट शिक्षार्थी सम्मानित

जनकपुरधाम : धनुषाको एकै वडाका दुई जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारले सम्मानित भएका छन ।

क्याम्ब्रि ईन्टरनेशनल ए लेवल सन २०२४को परिक्षामा अेोरही गाउँपालिका वडा नम्बर दुई परबाहाका आशिष मिश्र केमिस्ट्री र देउरीका अभिषेक यादव फिजिक्स विषयमा नेपालमे सबभन्दा बढी अंक ल्याउन सफल भएका कारण सम्मानित भएका हुन । British Council ले मंगलवार काठमाडौंमा एक समारोहको आयोजन गरि दुबै जनालाई पुरस्कृत गरेका हुन ।

ADVERTISEMENT

नेपाल लगायत १ सय ६ देशमा क्याम्ब्रि ईन्टरनेशनल ए लेवलको पढाइ हुँदै आएको छ । यश अघि २०२५ अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा १९ वर्षिय आशिष मिश्र कास्य पदक ल्याउन सफल हुनु भएका थिए ।

नेपाली विद्यार्थीले तुर्कमेनिस्तानमा भएको ओलम्पियाडमा सहभागिता जनाएको प्रथम पटक थियो । यससँगै मिश्र ९ जुलाईदेखि २१ जुलाई २०२५ सम्म अष्ट्रेलियामा आयोजना भएको ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा समेत भाग लिनुभएको थियो ।

अध्यनमा निकै अबल मिश्र अमेरिकाको राजधानी वाशिगंटन डीसी स्थित होवार्ड विश्वविद्यालयमा ईन्जिनियरिङ अध्धयनका लागि पुर्ण छात्रवृत्ति प्राप्त गर्न समेत सफल हुनु भएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ५, मंगलवार १८:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !