मधेश प्रदेशसभामा जनमत सांसदहरू प्रतिपक्षी सिटमा

मधेश प्रदेशसभामा जनमत सांसदहरू प्रतिपक्षी सिटमा
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८२ आश्विन ७, मंगलवार १७:३४
मधेश प्रदेशसभामा जनमत सांसदहरू प्रतिपक्षी सिटमा

जनकपुरधाम : मधेश प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकार भित्रै असमन्जस देखिएको छ।

मुख्यमन्त्री सिंहको साथ छोडेर जनमतका प्रदेशसभा सदस्यहरूले मंगलबारको बैठकमा प्रतिपक्षी सिट समातेका छन्।

ADVERTISEMENT

जेनजी आन्दोलनपछि पहिलोपटक बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंह बाहेक जनमत पार्टीका सबै सांसदहरू प्रतिपक्षी बेञ्चतर्फ बसेका हुन्। जसपाका सांसदहरूसँगै माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य दलसँगै उनीहरू पनि प्रतिपक्षमा देखिए।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले केही दिनअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा पठाएका थिए।

तर,मुख्यमन्त्री सिंहले राजीनामा नदिएपछि बाँकी सांसदहरू प्रतिपक्षमा बसेका हुन्।

दलका नेता यादवले सभामुख रामचन्द्र मण्डललाई औपचारिक रूपमा आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएका थिए। त्यसपछि सभामुखले सिट व्यवस्थापन परिवर्तन गरेका हुन्।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १७:३४
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !