जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाअधिवेशनको लोगो सार्वजनिक

जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाअधिवेशनको लोगो सार्वजनिक
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ७, शनिबार ०९:१६
जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाअधिवेशनको लोगो सार्वजनिक

जनकपुरधाम : नेपाल जेसीजको ५०औं वार्षिकोत्सवको अवसरमा जनकपुर जेसीजको आतिथ्यतामा हुन गइरहेको ५२औं राष्ट्रिय महाअधिवेशनको लोगो शुक्रबार सार्वजनिक गरिएको छ।

ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा आयोजित विशेष समारोहबीच महाअधिवेशनको लोगो अनावरण गरिएको हो। लोगो सार्वजनिकसँगै अधिवेशन तयारीको औपचारिक सुरुवात भएको जनकपुर जेसीजले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले नेपाल जेसीजको सामाजिक तथा संगठनात्मक योगदानको चर्चा गर्दै यसको विस्तार ग्रामीण तहसम्म पुर्‍याउन आवश्यक रहेको बताए। उनले जेसीजले युवालाई नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा प्रेरित गर्ने भूमिका खेलेको उल्लेख गर्दै अधिवेशनको सफलताको शुभकामना दिए।

अन्य वक्ताहरूले पनि अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सबैलाई सक्रिय योगदान गर्न आग्रह गरे। उनीहरूले यस अधिवेशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाल जेसीजको गरिमा अझ उचाल्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो, अधिवेशन निर्देशक सुधिर पजियारलगायतको उपस्थिति थियो। त्यस्तै, जनकपुर जेसीजका पूर्व अध्यक्ष, २०२५ का पदाधिकारी, सदस्य, पत्रकार, सरोकारवाला र स्थानीयको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमको संयोजन जेसी रजनीश साहले गरेका थिए भने सञ्चालन उप–सम्मेलन निर्देशक तथा २०२१ का शाखा अध्यक्ष जेसी मनोज कुमार साहले गरेका थिए।

अधिवेशन निर्देशक पजियारले लोगो अनावरण समारोहले ५२औं राष्ट्रिय महाअधिवेशनलाई औपचारिक मात्र नभई ऐतिहासिक उपलब्धिको दिशामा अघि बढाएको बताए। जनकपुर जेसीजका अध्यक्ष मुकेश कुमार साहले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अधिवेशनलाई सफल बनाउन सबैको साथ–सहयोग अपरिहार्य रहेको बताए।

 

प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ०९:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !