संगठन बलियो बनाएर मात्रै संकल्प पुरा हुन्छ : उपाध्यक्ष डा. राउत

संगठन बलियो बनाएर मात्रै संकल्प पुरा हुन्छ : उपाध्यक्ष डा. राउत
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १७, शनिबार १८:०३
संगठन बलियो बनाएर मात्रै संकल्प पुरा हुन्छ : उपाध्यक्ष डा. राउत

राजविराज : जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीको रोजगारी सुनिश्चितता अभियान हावादारी कुरा नभएको बताएका छन्।

शनिबार राजविराजमा सम्पन्न जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राउतले १० लाख रोजगारी सिर्जना गर्ने संकल्पलाई कार्यान्वयनमा लैजान सबै स्वराजीहरू गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

“एउटा मात्रै सिट जितेर यस्ता संकल्प पुरा गर्न सकिँदैन,” उनले भने, “संगठन बलियो भए मात्र जनताको भरोसा जित्न सकिन्छ, र त्यो भरोसामार्फत संकल्प पुरा गर्न सकिन्छ।”

सप्तरीका १८ वटै पालिकाबाट सहभागी जिल्ला समन्वय समिति सदस्यहरूलाई प्रशिक्षण दिँदै राउतले संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए।

उनले भारतीय जनता पार्टी (बीजेपी) को उदाहरण दिँदै जनमतका कार्यकर्तालाई आफ्नो विधान, मूल्य र संस्कारप्रति दृढ रहन आग्रह गरे। “पार्टी सबल बनाउन प्रत्येक स्वराजी सामाजिक, भौतिक र आर्थिक रूपमा सक्षम बन्नैपर्छ,” राउतको भनाइ थियो।

बैठकमा सप्तरीका स्थानीय तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण १७, शनिबार १८:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !