मधेश सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना छैन : मुख्यमन्त्री सिंह

मधेश सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना छैन : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार १८:४४
मधेश सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना छैन : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

सोमबार बारा जिल्लाको कलैयामा आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले जनमत पार्टी नेतृत्वमा बनेको सरकारप्रति निरन्तर अफवाह फैलाउनेहरू सक्रिय रहेको टिप्पणी गरे।

ADVERTISEMENT

“जनमतको नेतृत्वमा सरकार बनेदेखि नै आज ढल्छ, भोलि ढल्छ भन्ने हल्ला फैलाउनेहरू सक्रिय छन्,” उनले भने, “तर सरकारले जनताको पक्षमा काम गर्दै १३ महिना सफलतापूर्वक पार गरिसकेको छ।”

मुख्यमन्त्री सिंहले सरकार जनताको हितमा क्रियाशील रहेको भन्दै आफू कुर्सीप्रेमी नभएको स्पष्ट पारे। “जनताको पक्षमा काम गर्न पाए कुर्सीमा बस्ने, नत्र खुशीसाथ छोड्न तयार छु,” उनले भने।

उनले केही समूह सरकारको कामप्रति असहज महसुस गर्न थालेपछि भ्रम फैलाउने अभियानमा लागेको आरोप समेत लगाए। “सरकारले गर्ने सकारात्मक कामले केही समूहलाई अप्ठ्यारो परिरहेको छ,” सिंहले दाबी गरे।

कार्यक्रममा उनले पार्टी सुदृढीकरणका लागि सरकारसँगै संगठन पनि बलियो बनाउने अभियान जारी रहेको उल्लेख गरे।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १८:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !