कांग्रेस उपसभापतिमा विनोद चौधरीको अग्रता

कांग्रेस उपसभापतिमा विनोद चौधरीको अग्रता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २५, आईतवार १४:५३
कांग्रेस उपसभापतिमा विनोद चौधरीको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्।

आइतबार दिउँसो साढे २ बजेसम्म दुई हजार ८२२ मत गणना भएका छन्। जसमा चौधरीले ७५१ मत पाएका छन्।

ADVERTISEMENT

उनलाई जीवन परियारले पछ्याइरहेका छन्। परियारले ५२० मत पाएका छन्।

त्यस्तै, तेस्रो नम्बरमा रहेकी सीता गुरुङले ४३०, चौथो नम्बरमा रहेका फरमुल्लाह मंसुरले ३७१ र पाँचौ नम्बरमा रहेका रञ्जित कर्णले २२८ मत पाएका छन्।

कांग्रेसको महाधिवेशनमा सात हजार २९ मत खसेका थिए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १४:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !