बर्दिया र कैलालीका उखु किसानको बक्यौता दशैंअघि नै भुक्तानी हुने

बर्दिया र कैलालीका उखु किसानको बक्यौता दशैंअघि नै भुक्तानी हुने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १५, बिहीबार ११:२५
बर्दिया र कैलालीका उखु किसानको बक्यौता दशैंअघि नै भुक्तानी हुने

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानको लामो समयदेखि बाँकी रहेको बक्यौता रकम दशैंअघि नै भुक्तानी गर्ने जनाएको छ।

बिहीबार बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको बक्यौता भुक्तानीका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

ADVERTISEMENT

सचिव मिश्रका अनुसार किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ। भुक्तानीसम्बन्धी कार्यविधिसमेत प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको उनले बताए।

‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ,’ उनले भने।

उनका अनुसार असारमै किसानलाई रकम उपलब्ध गराउने भनिए पनि केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको हो। अब भने दशैंअघि नै किसानले पाउनुपर्ने रकम उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए।

उखु किसानले लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै सरकारलाई पटक–पटक ताकेता गर्दै आएका छन्। उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनसमेत गर्दै आएका थिए।

सरकारले पटक–पटक भुक्तानीको आश्वासन दिए पनि रकम नपाएको भन्दै किसानहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सचिव मिश्रले भने यसपटक किसानले बक्यौता रकम पाउनेमा ढुक्क रहन आग्रह गरेक

प्रकाशित मिति: २०८३ आश्विन १५, बिहीबार ११:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !