गृहमन्त्री गुरुङसंग हिन्दु सम्राट सेना वार्ता निष्कर्षविहीन, दोस्रो चरणको छलफल हुने

गृहमन्त्री गुरुङसंग हिन्दु सम्राट सेना वार्ता निष्कर्षविहीन, दोस्रो चरणको छलफल हुने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १७:५४
गृहमन्त्री गुरुङसंग हिन्दु सम्राट सेना वार्ता निष्कर्षविहीन, दोस्रो चरणको छलफल हुने

जनकपुरधाम : गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र हिन्दु सम्राट सेनासहित विभिन्न हिन्दुवादी सङ्गठनका प्रतिनिधिबीच धनुषामा जारी वार्ता पहिलो चरणमा कुनै निष्कर्षमा पुग्न सकेको छैन।

जिल्ला प्रशासन कार्यालय धनुषामा भएको वार्ता करिब दुई घण्टाभन्दा बढी समयसम्म चले पनि सहमति हुन नसकेपछि केही समयका लागि स्थगित गरिएको हो।

ADVERTISEMENT

वार्तामा गृह मन्त्रालय र स्थानीय प्रशासनका अधिकारी, हिन्दु सम्राट सेनाका प्रतिनिधि तथा विभिन्न हिन्दुवादी सङ्गठनका अगुवाहरू सहभागी छन्। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यहरूको पनि सहभागिता रहेको छ।

छलफलका क्रममा विभिन्न माग र समसामयिक विषयमा दुवै पक्षबीच विस्तृत संवाद भए पनि तत्काल सहमति जुट्न नसकेपछि केही समय विश्राम गरेर पुनः वार्ता गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ।

सरकार र आन्दोलनरत पक्षबीच सहमतिका आधार खोज्ने प्रयास जारी रहेकाले केहीबेरपछि दोस्रो चरणको वार्ता पुनः सुरु हुने जनाइएको छ। वार्ताको परिणाम सार्वजनिक भएपछि थप जानकारी उपलब्ध गराइने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १७:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !