कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन

कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १७:४७
कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन

काठमाडौं : कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ।

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा हराइरहेका पुर्जाको निधन भएको उनको कम्पनी इलाइट एक्सपेडले जनाएको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको जानकारी दिएको हो।

ADVERTISEMENT

उनीसहित १० जना आरोही ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर हराएका थिए। उनीहरूको खोजी गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पुर्जाका व्यवसायिक साझेदार निग्मा डेभिड शेर्पा शुक्रबार पाकिस्तान गएका थिए।

शेर्पाले पनि सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको जनाएका छन्। इलाइट एक्सपेडले सेयर गरेकै सूचना उनले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सेयर गरेका छन्।

बिहीबार ब्रोड पिक आरोहणका क्रममा पुर्जासहित १० जना हराएका थिए। उनीहरूमध्ये चार जनाको शव शुक्रबार भेटिएको थियो।

शुक्रबार नेपालका पुरबहादुर गुरुङ, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकी नागरिक म्यालोरी गाइसको शव भेटिएको थियो।

हिमपहिरोमा हराएका १० सदस्यीय टोलीमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही थिए।

नेपाली टोलीमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए।

अन्य पर्वतारोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १७:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !